फेडेररद्वारा सन्यास घोषणा - Crazysaptahik.com

फेडेररद्वारा सन्यास घोषणा

टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्वीस टेनिस स्टार फेडेररले बिहीबार यसै महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय फेडेरर २०२१ मा विम्बल्डन टेनिस खेलेपछि खेलेका छैनन् । फेरेडरले आफूले लामो समय टेनिसमा बिताएपनि अब भने खेल जीवनबाट सन्यास लिने बताएका छन् ।

मैले २४ वर्षमा १५ सयभन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ । टेनिस म तिमीलाई माया गर्छु र तिमीलाई कहिल्यै छोड्ने छैन ।,’ उनले लेखेका छन् । २० पटकको ग्रान्डस्लाम च्याम्पियन फेडेररले पछिल्लो समय घुँडाको चोटका कारण धेरै खेल खेलका थिएनन् । फेडेरर सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् । फेडेररले सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका थिए ।

सम्बन्धित खवर