एफसी सेरिफलाई २–० ले हराउदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ । युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए ।
३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दा युनाईटेडले २–० को जित निकाल्यो । जितसँगै युनाईटेडले समूह ई को २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ३ अंक जोडेको सेरिफ तेस्रो स्थानमा छ ।