रोबर्ट लेवान्डोस्कीको दुई गोलको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोस्कीले दुई गोल गरे ।
त्यस्तै मेम्फिस डिपेले एक गोल गरे । खेलको १४ औं मिनेटमा गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलको ४१ औं मिनेटमा मेम्फिसले गोल गर्दा बार्सिलोनाले अग्रता दोब्बर पार्यो ।
खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितसँगै बार्सिलोना ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित इल्चे १ अंक जोडेर पुछारमा छ ।