बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा - Crazysaptahik.com

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा

जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२÷२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ । बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १–० ले स्तब्ध बन्यो । घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे ।

यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा भने स्पेनिस क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको थियो । यो हारसँगै बायर्नले शीर्ष स्थानका बोरुसिया डर्टमन्डको अंक दुरी कम गर्ने सुनौलो मौका गुमायो । बायर्नले लिगमा सात खेलबाट १२ अंक जोडेको छ । जुन शीर्ष स्थानका डर्टमन्डभन्दा तीन अंक पछि हो ।

लिगअन्तर्गत शनिबारै भएको खेलमा डर्टमन्डले साल्केलाई १–० ले पराजित गर्यो । डर्टमन्डको जितमा युसोउफा मोउकोकोले निर्णायक गोल गरे । जितसंगै डर्टमन्ड १५ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर