क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा भएको विश्वकर्मा पुजा विशेष खुल्ला नकाउट फुटबल प्रतियोगिता २०७९ उपाधि सिरिजंघा स्पोर्टिङ क्लबले उचालेको थियो ।
क्लबले पथरीशनिश्चरे ३ बाट बाहुन्ने मोरङमा प्रथम तरुण गोल्डकप खेल्ने क्रममा घाइते भएका पथरीशनिश्चरे ३ निवासी खेलाडी जुनियर साँवालाई स्पोर्टिङ क्लबले उपाधि वापत प्राप्त गरेको ३० हजार सहयोग स्वरुप प्रदान गरिएको छ ।
फाइनल खेलमा सिरिजंघाले ऐयाबारीलाई १ को विरुद्ध २ गोल अन्तरले पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । क्लबले खेलको स्तरोन्नति सँगसँगै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।