नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी - Crazysaptahik.com

नेपाल सुपर लिग खेल्न ललितपुर सिटीले भित्र्यायो विदेशी खेलाडी

नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए ।

पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक क्लबबाट लिग च्याम्पियन बनेका खेलाडी हुन् । ललितपुरले विदेशी खेलाडीको रुपमा क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरबैजानका नुर्लान जाहिद नोभ्रजोभलाई पनि टिममा आबद्ध गरिसकेको थियो ।

सम्बन्धित खवर