दिपक र मेलिनाको ‘तिम्रो हुने मन छ’ सार्वजनिक - Crazysaptahik.com

दिपक र मेलिनाको ‘तिम्रो हुने मन छ’ सार्वजनिक

क्रेजी संवाददाता
दमक । गायक दिपक लिम्बु र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो हुने मन छ…’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार झापाको दमकमा गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बु लगायत कलाकारहरुको उपस्थितिमा गीतको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार नै रचनाकार राईको युट्युव च्यानल मार्फत् गीत सार्वजानिक गरिएको हो ।

पूर्वको रमणीय स्थलहरुमा खिचिएको भिडियोका निर्देशक भूपेन्द्र तुम्वाहाम्फेले सम्हालेका छन् । तुम्वाहाम्फे छायांकर हुँदै हाल भिडियो निर्देशनमा सक्रिय छन् ।

धिमाल संस्कृति झल्काउने भिडियोको क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका हुन् । यस्तै भिडियो सम्पादन अनिल रानाले गरका हुन् भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ ।

म्यूजिक भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईको अभिनय रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन साहले मिक्सिङ गरेका हुन् ।

हेर्नुहोस् म्यूजिक भिडियो :

सम्बन्धित खवर