भूमिप्रसाद पाठक
पथरी ,असोज–९ गते
धरान, सुनसरी नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर १ ले दशै तिहार तथा छैठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल रेडियोलोजिकल सोसाइटीको केन्द्रीय सदस्य मिसन शेर्पाको उपस्थितिमा भएको थियोे भने विशिष्ट अतिथिहरुमा बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको असिस्टेन्ट एसोसिएट प्राडा. रन्जित झा तथा लेक्चरल मुकेशकुमार झाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै दशै तिहार तथा छैठ पर्वको शुभकामना दिदै प्रमुख अतिथि शेर्पाले नीति निमार्ण गर्ने स्थानमा रेडियोलोजी क्षेत्रको उपस्थिति नभएको कारण रेडियोग्राफीलाई अपमानित गरिएको महसुस भएको बताउनुभयो । अब चाँडै नै विकिरण महा शाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्थापना गर्न पहल गर्ने साथै प्रदेश स्तरमा पनि पहल गर्ने बताउनुभयो । सोही बिषयमा कुरा राख्दै उहाँले प्रयोगशाला जोखिम भत्ता २०७२ लाई समेत सबै अस्पतालहरुमा कार्यरत प्रयोगशालाकर्मीलाई समान रुपमा वितरणको लागि पहल गर्ने जानकारी गराउनु भयो।
विशिष्ट अतिथी झा द्वयले पनि शुभकामना मन्तव्य राख्दै सम्मानजनक पेसाको लागि अझै आन्दोलनको आँधीबेरी ल्याउनुपर्ने समेत व्यक्त गर्नु भएको छ। न्यायिक आन्दोलनको लागि सबैले आफ्नो शाखाहरु बन्द गरेर भए पनि आन्दोलनमा होमिनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रमको सभापति रेडियोलोजिकल सोसाइटीको १ नम्बर प्रदेश अध्यक्ष सौरभ झाले गर्नु भएको थियो।
एक नम्बर प्रदेश भरीबाट १ सय भन्दा बडी रेडियोग्राफी स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष झाले सबै उपस्थिति भएकाहरूलाई शुभकामना दिदै आगामी दिनमा सबैले साथ सहयोगको अपेक्षा समेत व्यक्त गर्नु भयो ।