मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जीत - Crazysaptahik.com

मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जीत

 

टोटनहम हटस्पर्सका स्ट्राइकर रिचार्लिसनको दुई गोलको मद्दतले ब्राजिलले मैत्रीपूर्ण खेलमा घानालाई ३–० गोल अन्तरले पराजित गरेको छ । २५ वर्षीय खेलाडीले नेयमारसँगको कम्बिनेसनमा पहिलो हाफमा दुई गोल गरेका थिए । खेलमा ब्राजिलले अग्रता भने मार्किन्होसको गोलको मद्दतले लिएको थियो ।

खेलको नवौँ मिनेटमा नै मार्किन्होसले राफिन्याको पासमा गोल गरेका थिए ।२८ औँ मिनेटमा रिचार्लिसनले नेयमारको पासमा ब्राजिलको अग्रता दोब्बर बनाए भने ४० औँ मिनेटमा नेयमारले नै रिचार्लिसनलाई अर्को गोलको अवसर सिर्जना गरे । ब्राजिलले मंगलबार ट्युनिसियाको सामना गर्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.