पथरीशनिश्चरेमा बजार अनुमगन - Crazysaptahik.com

पथरीशनिश्चरेमा बजार अनुमगन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा विभिन्न खाद्य लगायत व्यवसाय दर्ताको अनुगमन सुरु गरिएको छ ।

आइतबार नगर उप–प्रमुख काफ्ले इप्रका पथरी र नगरको पशु शाखा राजश्व कर्मचारी लगायतको टिमले पथरी बजारको बीच भाग पथरी हस्पिटल लाइन हुँदै फिल्म हल लाइनसम्म अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कतिपय पसलमा म्याद नाघेका खाद्य लगायत सामग्री भेटिएपछि अनुगमन टोलीले जफत गरेको छ ।
खाद्यान्न पसल, कस्मेटिक र आर्यूवेदिक गरी जम्मा १५ वटा पसल गरिएको हो । म्याद सकिएका सामग्री उपरान्त विक्री नगर्ने र व्यवसाय नविकरण नगरेकाहरुलाई नविकरण गर्न सुझाव दिइएको छ ।

पथरीशनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित खवर