स्लोभानियाले नर्वेलाई हरायो - Crazysaptahik.com

स्लोभानियाले नर्वेलाई हरायो

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बी समूह ४ को खेलमा एर्लिङ हल्यान्डको गोल बाबजुद नर्वे पराजित भएको छ । शनिबार राति नर्वेलाई स्लोभानियाले २–१ गोलले हरायो । खेलको ४७ औं मिनेटमा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए ।

तर, जोगाउन नसक्दा पराजित हुन पुग्यो । ६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले स्लोभानियालाईखेलमा फर्काए । ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २–१ को जित दिलाए । तालिकामा नर्वे ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

सम्बन्धित खवर