फुटबल : यस्तो छ इतिहासमा बंगलादेश र नेपालको नतिजा - Crazysaptahik.com

फुटबल : यस्तो छ इतिहासमा बंगलादेश र नेपालको नतिजा

नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा लामो समयपछि मैत्रीपूर्ण खेल खेल्दैछ । मंगलबार बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । घरेलु फुटबल प्रतियोगिताहरु खेलेको लामो समय भइसकेको छ ।

नेपाली टोलीले बंगलादेशसँग घरेलु मैदानमा हराउने लक्ष्य बनाएको छ । तर, इतिहासमा हेर्दा नेपाली टोली बंगलादेशभन्दा कमजोर हो । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ खेल खेलेको छ । जसमा नेपाल धेरै कमजोर छ ।

बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । दुई टोलीबीचको ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैले नेपाललाई यो पटकको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग डर हुनेछ । यो पटक बंगलादेशको टोली झनै बलियो भएर आएको छ । बंगलादेशले भर्खरै मात्र घरेलु मैदानमा कम्बोडियालाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले बंगलादेशलाई हराउँदै घरेलु दर्शकलाई दसैँको उपहार दिने योजना बनाएको छ । नेपाल र बंगलादेश बीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । बंगलादेश विरुद्धको खेलमा ‘हेड टु हेड’ मा नेपाल निकै पछि छ ।

नेपालले पछिल्लो पटक बंगलादेश विरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो ।

त्यसअघि नेपालले बंगलादेशसँग घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा हराएको थियो । नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले नेपाल जितका लागि मैदान उत्रने बताए । दसैँको मुखमा घरेलु दर्शकलाई जितको उपहार दिन तयार भएको बताएका थिए ।

सम्बन्धित खवर