प्याव्सनद्वारा स्पेलिङ कन्टेस्ट प्रतियोगिता - Crazysaptahik.com

प्याव्सनद्वारा स्पेलिङ कन्टेस्ट प्रतियोगिता

क्रेजी संवाददाता
पथरी । प्याव्सन पथरीशनिश्चरे नगर समितिको आयोजनामा प्याव्सन स्पेलिंङ कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार पथरीशनिश्चरे वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा भएको सो प्रतियोगितामा प्राप्ताङ्क बराबर भए पश्चात् टाइब्रेकरमा पूर्व क्षितिज प्रथम र सुपब् मोडल स्कुल दोस्रो भएको छ ।
यस्तै तेस्रो र चौथो स्थानका लागि पनि टाइब्रेकरबाटै रेडस्टार तेस्रो र एभरेष्टले चौथो स्थान प्राप्त गरेको थियो । यसैगरी पाचौं स्थानको के. बी. मेमेरियल सहित टप ५ जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।

सो कार्यक्रम संचालन सचिव सन्तोष बस्नेत र सभापतित्व अध्यक्ष सुरेन्द्र लिम्बुको रहेको थियो । कार्यक्रममा सल्लाहकारहरू उपेन्द्र कँडेल, नोवल किशोर खनाल र टिका दंगालको उपस्थिति रहेको थियो । पूर्ण प्रविधिको प्रयोग गरी ब्रिटिस इंग्लिसमा आधारित भई, साउण्ड प्ले सिस्टमबाट प्रतियोगिता आयोजना गरिएको थियो ।

 

सम्बन्धित खवर