पथरी बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अनुदान आयोग फिल्ड भिजिटमा - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अनुदान आयोग फिल्ड भिजिटमा

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्युएए प्रक्रिया अघि बढेको छ ।

आज शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रक्रिया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पसमा आएको हो ।
विश्व विद्यालय अनुदान आयोगकोको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोख्रेलको टोली पथरी बहुमुखी क्याम्पसको प्रथम (प्रि) भिजिटमा आउनुभएको हो ।

पथरी बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणित गर्न क्याम्पस सञ्चालक समितिले ३२ सय पेजको रिपोर्ट त्रिभुवान विश्व विद्यालय अनुदान आयोगमा बुझाएको थियो । सो रिपोर्टको आधारमा आयोगले प्रि भिजिटमा पठाएको क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले बताउनुभयो ।

आयोगको प्रतिनिधिहरुले आइतबार, सोमबार र मंगलबार तीन दिन बसेर क्याम्पसले बुझाएको रिपोर्टको थप परीक्षण गर्नेछ । आज क्याम्पस सञ्चालक समितिले भिजिटर टोलीलाई स्वागतको साथै क्याम्पसको वर्तमान अवस्था बारे प्रस्तुत गरेका थिए । पूर्ब क्याम्पस प्रमुख चेतन पौडेलले क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, शिक्षक र विद्यार्थी लगायतको विषयमा प्रोजेक्टरमा प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा पथरीशनिश्चरे नगरको निवर्तमान प्रमुख दिलिपकुमार राई (किशोर), शैक्षिक संस्था सञ्चालकहरु, क्याम्पस सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, विद्यार्थी प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर