पथरी बहुमुखी क्याम्पसमा क्युएए प्रक्रियाः विभिन्न चरणमा अन्तरक्रिया - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसमा क्युएए प्रक्रियाः विभिन्न चरणमा अन्तरक्रिया

क्रेजी संवाददाता
पथरी ।
मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्युएए प्रक्रिया अन्तरगत आज सोमबार सरोकारवालाहरु माझ अन्तरक्रिया गरेको छ ।

शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रक्रिया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पसमा आएको थियो ।

विश्व विद्यालय अनुदान आयोगकोको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोख्रेल र क्युएएका कर्मचारी नविना चापागाईले पथरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति, विद्यार्थीहरू, क्याम्पस प्रमुख, बिभागिय प्रमुखहरू, शिक्षकहरू, विभिन्न ईकाई समुहहरू, कक्षा अवलोकन, संचालकसमिति तथा सरोकार वालाहरु माझ अन्तरकृया गरेका थिए ।

आयोगको प्रतिनिधिहरुले आइतबार, सोमबार र मंगलबार तीन दिन बसेर क्याम्पसले बुझाएको रिपोर्टको थप परीक्षण गर्नेछ ।

 

सम्बन्धित खवर