हेम्स इन्टरटेनमेन्टद्वारा विद्यालय सामग्री वितरण - Crazysaptahik.com

हेम्स इन्टरटेनमेन्टद्वारा विद्यालय सामग्री वितरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा स्थापित श्री हिरक आधारभूत विद्यालयमा विद्यालय सामग्री वितरण कार्यक्रम गरिएको छ ।

आइतबार हेम्स इन्टरटेनमेन्ट अनलाइन यु ट्युब च्यानल मार्फत् स्कुल ब्याग वितरण गरिएको हो । ग्रामीण क्षेत्रका सामुदायिक दिद्यालयको शिक्षाको स्तरलाई उठाउन सहयोग पुग्न सकोस् भन्ने हेतुले आयोजना गरिएको कार्यक्रममा हेम्स इन्टरटेनमेन्टका संचालक हेमकुमार बिष्ट, नेपालका च्यानल संचालक एवं गीतकार गणेश थक्लुङ, समाजसेबी प्रदिप कुमार राई, प्रेम ढकाल, चन्द्र घिसिङ, पदम गुरुङ, ईन्द्र कुमारी काङ्बा लगायतका स्थानीयहरुको उपस्तिथि रहेको थियो ।

कक्षा युकेजी देखी ८ सम्मको २ सय २० जना द्यिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको थियो । यस्तै शिक्षक, अभिभावक र विद्यार्थीहरु बीचको सम्वन्धलाई प्रगाढ बनाउन दिवा भोजन कार्यक्रम पनि राखिएको थियो । यसअघि पनि अति विपन्न परिवारहरुसँग सहयोगको कार्यक्रम लिएर गाउ घरमा पुगेको च्यानलका संचालक हेमकुमार बिष्टले जानकारी दिनुभयो । भावी दिन पनि निरन्तर सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाउँदै बिष्टले अहिले आफू अमेरिकामा बसे पनि हिजोको दिनमा भुटानी शरणार्थी क्याममा धेरै अभाव र दुःखमा जीवन ज्युदै गर्दाको अनुभव अझै पनि रहेकोले यस्ता कामहरु गर्दा थोरै भए नि मनमा खुशी मिल्ने बताउनुभएको थियो ।

विद्यालयमा हाल नर्सरी देखी कक्षा ८ सम्म २ सय ७० जना विद्यार्थी रहेका छन् भने यो भन्दा अगाडिको कार्यक्रममा इन्ट्रा फाउण्डेसनद्वारा ४ लाख बराबरको विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

सम्बन्धित खवर