क्यान्सर पीडित बबिताको उपचारका लागि सहयोग जुट्दै - Crazysaptahik.com

क्यान्सर पीडित बबिताको उपचारका लागि सहयोग जुट्दै

क्रेजी संवाददाता
पथरी । मोरङ पथरी शनिश्चरे वडा नं. ७ विष्णु चौककी क्यान्सर रोग पीडित बबिता राई माझीको उपचारका लागि सहयोग रकम जुट्ने क्रम जारी छ ।

सामाजिक सञ्जाल मार्फत् आर्थिक अवस्था नाजुक भएकी बबिताको उपचारको लागि ‘बबिता राई माझी बचाउ अभियान’ सञ्चालन गरिएको छ । हालसम्म २ लाख बढी रकम संकलन भएको अभियानका सुमन कुरुङबाङले जानकारी दिए ।

यस अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट सहयोग जुट्ने क्रम जारी छ । जसअन्तर्गत उर्मिला राईबाट १५ हजार, भिम लिम्बु लिबाङबाट १२ हजार ९ सय ५५, सुवास चोङबाङबाट १२ हजार ५ सय २५, ललिता लिम्बुबाट १० हजार, धिरज राईबाट १० हजार, टिकाराम राईबाट ६ हजार, अर्जुन सुब्बाबाट ५ हजार, उमा लामा राईबाट ५ हजार, हर्क गुरुङ र अर्जुन गुरुङबाट १० हजार सहयोग प्राप्त भइसकेका छन् भने सहयोग रकम जुट्ने कार्य जारी नै छ ।

यस्तैगरी २ हजारदेखि ४५ सय सम्म रकम सहयोग गर्ने महानुभावहरु धेरै जना छन् । क्यान्सर रोग पीडित बबिताको भरतपुर र काठमाडौंको उपचार पश्चात् हाल भारतको राजिवगान्धी दिल्लीमा उपचार भइरहेको अभियानका रोशन गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर