पथरीशनिश्चरे ४ मा स्थापित राधाकृष्ण मन्दिरमा रथयात्रा सम्पन्न (फोटो फिचर) - Crazysaptahik.com

पथरीशनिश्चरे ४ मा स्थापित राधाकृष्ण मन्दिरमा रथयात्रा सम्पन्न (फोटो फिचर)



ईस्वर दुलाल
पथरी ।
नेपाल आफैमा धार्मिक देशका रुपमा चिनिन्छ । मन्दिरै मन्दिरको देशको रुपमा विश्व माझ परिचित छ । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा स्थापित राधा कृष्ण मन्दिरले नगरपालिका क्षेत्रको ध्यानाकर्षण गर्नुका साथै धार्मिक पर्यटनको उपयुक्त गन्तव्य समेत बन्ने विश्वास गर्न सकिन्छ । उसो त पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्र दर्जनौको संख्यामा मठ मन्दिरहरु रहेका छन् । जसको आ–आफ्नो मूल्य मान्यताहरु रहेका छन् ।

सोही अनुरुप पथरीशनिश्चरे–४ मा स्थापित श्री राधाकृष्ण मन्दिरले कृष्ण जन्म जन्माष्टमीको अवसरमा रथ यात्रा निकालेको छ । मन्दिरले सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित श्री राधाकृष्णको रथयात्रा निकालेको हो । बिहिबार विहान १० बजेबाट सुरु भएको रथ यात्रामा पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवीमाया काफ्ले, वडा नम्बर ४ का वडाअध्यक्ष लोकनाथ न्यौपाने लगायत स्थानीय श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राधाकृष्ण मन्दिरबाट शुभारम्भ भएको रथयात्रा सोमबारे बजार हुँदै शनिश्चरे बजार क्षेत्र परिक्रमा गरी पुनः मन्दिरमा आएर यात्राको विर्सजन भएको मन्दिर व्यवस्थापन समितिका सचिव रामप्रसाद न्यौपानेले जानकारी दिनुभयोे ।

सम्बन्धित खवर