बोका जुनियर फुटबल क्लबको आयोजना फुटबल प्रतियोगिता हुने - Crazysaptahik.com

बोका जुनियर फुटबल क्लबको आयोजना फुटबल प्रतियोगिता हुने

क्रेजी संवाददाता
शिवसताक्षी । बिजयादशमी तथा दिवापलीको अवसरमा बोका जुनियर फुटबल क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुनेभएको छ ।
झापा शिवसताक्षी–८ सम्झाना चौकको खेल मैदानमा असोज ११ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेभएको छ ।
सो प्रतियोगितामा झापा, मोरङ र इलाम सहित आयोजक बोका जुनियर फुटबल क्लबको निलो र रातो गरी १६ टिमले सहभागिता जनाउनेछन् ।
आयोजकले बुधबार युङ्गी क्याफे एण्ड बारमा प्रेसमिट मार्फत् प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिता सञ्चालन समितिका संयोजक सुबास मेन्याङबोका अनुृसार प्रतियोगिताका बिजेता टिमले नगद २५ हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र पाउने र उपबिजेता टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
अनुमानित ३ लाख खर्च हुने प्रतियोगिताका लागि मु्ख्य प्रायोजक शिवसताक्षी नगरपालिकाको कार्यालय वडा नम्बर ८ झिलझिले, वैदिेशिक रोजगारीको शिलशिलामा इजरायलमा बसोबास गर्नेहरुको साझा संस्था किरात याक्थुम चुम्लुङ इजरायल शाखाले मुख्य प्रायोजकको रुपमा सहयोग गर्ने भएको प्रेसमिटमा जानकारी गराइएको थियो ।

सम्बन्धित खवर