पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण हुने - Crazysaptahik.com

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण आयोजना हुनेभएको छ ।
आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १० गतेदेखि हुने प्रतियोगितामा ७ वटा टोली सहभागी हुने जानकारी गराएको छ । प्रस्तावित जाँडे मोडमा स्थापित पथरी रंगशालामा हुने प्रतियोगिता १४ दिनसम्म सञ्चालन हुनेछ ।

असोज ६ गते हुने अक्सनमा ७ क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्न पाउने आयोजक समितिका सचिव राकेश राईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
यो संस्करणबाट पथरीशनिश्चरे नगर बाहिरका खेलाडीलाई पनि क्लबले अनुवन्ध गर्न पाउने भएको छ । एउटा क्लबले ४ जना खेलाडी अनुबन्धन गर्नेछन् भने २ खेलाडीलाई ‘प्लेइङ एलाभेन’मा समेट्न सक्ने जनाइएको छ ।
७ क्लब मध्ये अघिल्लो तेस्रो संस्करणमा सहभागी ४ क्लबले खेलाडी रिर्टन गरेका छन् भने नव प्रवेशी गोर्खा लिजेन्डसले २ खेलाडीलाई मार्की खेलाडीका रुपमा अनुवन्धन गरेका छन् । २ क्लबले भने कुनै खेलाडीलाई रिटर्न नगरेको आयोजकले जनाएको छ ।

सातबाघले अनिस लुइटेल र आस्विन महतलाई रिर्टन गरेको छ भने वुद्ध युनाइटेडले राकेश राई,क्लासिक इलाभेन हसदन्हले सुजन खत्री र संन्जीव धिमाल र आइतवारे अस्त्रले आर्दश कार्कीलाई रिर्टन गरेको छ । नयाँ क्लब गोर्खा लिजेन्डसले आभाष पाहिम र योगेश श्रेष्ठलाई मार्कीका रुपमा अनुबन्धन गरेको छ ।
प्रतियोगीताको अक्सनका लागि २३२ खेलाडी दर्ता भएका छन् । यसले क्रिकेट क्रेज बढाएको छ । विभिन्न ३ ‘क्याटोगरी’ अन्तर्गत ति खेलाडी दर्ता भएका हुन् ।
आयोजकले अक्सनका लागि प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘वि’ मा र १४९ जना ‘सि क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘वि’ को २हजार र ‘सि’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । हरेक टिमका लागि ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ ।
यस पटक सवैभन्दा कम ९ वर्षका सौरब वस्नेत अक्सनको लिष्टमा समेटिएका छन भने ४५ वर्षका खेलाडी राज वस्नेतको समेत नाम अक्सनको ड्राफ्टमा समेटिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख लागत लाग्ने आयोजकले जनाएको छ ।
आयोजकले वितरण गरेको विज्ञप्तिमा अनुमानित आय बजेट पनि प्रस्तुत गरिएको छ । जसअन्र्गत पथरी शनिश्चरे नगरपालिकाबाट ७ लाख ५० हजार रुपैयाँ, फर्म वापत २१ हजार, टिम दर्ता वापत ७० हजार र प्रिमियर लिग समितिबाट १ लाख ९ हजार रुपैयाँ प्रस्तुत गरिएको छ । प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख ३१ हजार १ सय ११ प्राप्त गर्नेछन् भने दोस्रो हुने क्लबले ७१ हजार १सय ११ रुपयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर