कलाकारितामा अञ्जलीको आश - Crazysaptahik.com

कलाकारितामा अञ्जलीको आश

ईस्वर दुलाल
मोरङ ।
‘म सानो छँदा टिभीमा हिरो हिरोनीले नाचेको नक्कल गर्दै नाच्ने गर्थे त्यति वेला देखि नै मलाई टिभीमा नाच्न औधि रुचि लाग्थ्यो यसैगरी मलाई नृत्यले स्टेज तानेर ल्यायो ।’– नृत्यमा उदाँउदै गरेकी अन्जली तिम्सिनाले भनिन् । माताँ बबिता तिम्सीना र पिता कृष्ण तिम्सीनाको कोखबाट चितवनमा जन्मिएकी अन्जली २१ वर्षकी भइन् । हाल उनी नेपालको विभिन्न ठाउँमा हुने साँस्कृतिक कार्यक्रममा आफ्नो कुशल नृत्य प्रस्तुत गर्दैछिन् । नृत्यमा आफ्नो भविष्य बनाउन लागि परेकी उनीलाई मोडलिङमा पनि अत्याधिक रुचि रहेको छ । आफूलाई सुहाउँदो अवसर प्राप्त भए मोडलिङमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने र दर्शकको मन जित्ने सोचमा रहेकी छिन् ।

नृत्यमा लागि परेर हिड्नु भएको छ, मोडलिङमा अवसरहरु आउने गरेको छैन ?
– अवसर त आँउछ । तर, म त्यो अवसर त्याग्ने गरेको छु । जहाँ स्वार्थ र ईज्जत दाउँमा राखेर काम गर्नु पर्ने हुन्छ मोडलिङमा एकदमै ठूलो समस्या हो । आफूसँग कला र क्षमता हुदाँहुदै आफ्नो ईज्जत दाउमा राखेर कस्ले गर्छ ? ईज्जत कमाउन बाबा ममीको सपनालाई साकार पार्न यो क्षेत्रमा भविष्य बनाउन लागि परेको कसैको स्वार्थको लागि दिन दिनै आफू मरेर डिप्रेसनमा जान हैन । त्यसै म त्यस्ता स्वर्थका अवसहरु त्याग्ने गरेको छु । कलाकारीता क्षेत्रमा सबै त्यस्तो त हुनुहुन्न तर त्यस्ता केहि झुण्डहरुले भने कताकारीता क्षेत्रकै बदनाम गराएका छन् । ईमान्दार र राम्रो टिम संग भने एकदमै काम गर्ने सोच रहेको छ ।

तपाईको बिचारा कलाकारीता के हो ?
– कलाकारको लोकप्रियता बढ्नु भनेको नै धेरैले मन पराउनु हो । धेरै मानिसले मन पराएको कलाकारलाई जब कतै साक्षात् देख्न वा भेट्न पाउने अवसर आउँछ तब सर्वसाधारण माहुरी गोलामा झुम्मिए जस्तै आकर्षित हुन थाल्छन् । कलाकार भएपछि माया पनि पाईन्छ अनि नाना थरिका गाली पनि यो दुवै कुरालाई हिम्मतका साथ अगाडी बढाउने सामथ्र्य राख्नुपर्छ । कलाको माध्यमबाट जीवनका भावना र पक्षहरु अभिव्यक्त हुन्छन् । मैले बुझें जाने अनुसार कलाकारिता भनेको नै यिनै हुन् ।

                                                                                               

सम्बन्धित खवर