वन विकास र प्रर्यटनको क्षेत्रमा अव्बल बन्दै शान्ति सामुदायिक वन - Crazysaptahik.com

वन विकास र प्रर्यटनको क्षेत्रमा अव्बल बन्दै शान्ति सामुदायिक वन

ईस्वर दुलाल
पथरीशनिश्चरे।
‘दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ ।” यो भनाइ मत्स्य पुराणमा छ । निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो । नेपाल गरिब मुलुक हो तर वनमा धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् । जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ । यसै विचको एक सुन्दर वन हो श्री शान्ती समुदायिक वन उपभोक्ता समूह ।

मोरङको पथरीशनिश्चरे १ मा २०६५ सालमा स्थापना भएको वनले निक्कै फड्को मारिसक्यो । १९८ हेक्टर क्षेत्रफलमा फौलिएको वनलाई पूर्वमा हरियाली सामुदायिक वन, पछिममा मनकामना सामुदायिक वन, उत्तरमा पथरी शनिश्चरे साझेदारी वन र दछिणमा पूर्व पछिम राजमार्गलाई छोएको छ । वनमा केवी गुरुङको अध्यक्षतामा उपाध्यक्षमा जयबहादुर धिमाल, सचिव रोमान्सी धिमाल, सह–सचिवमा नवराज मिश्र, कोषाध्यक्षमा कुलमणि गुरुङ, सदस्यहरुमा क्रमशः संजिव गिरी, पूर्णबहादुर तामाङ, कोषबहादुर बिष्ट, सोमराज राई, मिलन राई, सुबद्रा निरौला (बिष्ट), बन्दना कट्टेल, सिता धिमाल, सिता घले, सरिता लिम्बु लगायत निर्वाचित र मनोनित गरी २९ जनाको दरिलो कार्यसमिति निर्माण भयो । वनले नयाँ र आधुनिक गतिमा लान यो सकृय टिमले महत्वपूर्ण भूमिका खेलेको छ ।

वनले वन व्यवस्थापन कार्य अन्तगत २५ प्रतिशत, गरिवि न्यूनिकरणमा ३५ प्रतिशत, र सामाजिक विकासमा ४० प्रतिशत लगानी गर्दै आएको छ । त्यस्तै भईपरिआएको विपतमा संस्थाको बौठकमा निर्णय गरी आवश्यक अनुसारको सहयोग गर्ने गरेको छ । वनमा उपाभोक्ताहरुलाई वर्गिकरण अनुसार क, ख र ग वर्ग गरि तिन वटा वर्गमा राखेको छ । क वर्गमा साबिकको पथरी गाविसका उपभोक्तालाई राखेको छ भने ख मा साविकको ५ र ६ नम्बर वडाका उपभोक्ताहरु पर्दछन् र ग मा भने तत्कालीन अमरदह गाविसको ८ र ९ वडाका उपभोक्तहरु पर्दछन् । वनमा जम्मा १२ सय १२ जना उपभोक्ताहरु रहेका छन् । वनले २०७२ सालमा मोरङ जिल्ला वन व्यवस्थापनमा प्रथम पुरस्कार हासिल गर्न सफल भएको थियो । वनले हाल पनि अन्य पुरस्कारहरु थाप्नका लागि आम उपभोक्ता र कार्य समितिका पदाधिकारीहरु कम्मर कसेर लागि परेका छन् ।

शान्ति सामुदायिक वनलाई अब्बल बनाउन वनको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा नियम संगत लागिपरिरहेको समितिका उपाध्यक्ष हेमभक्त गुरुङले जानकारी दिनुभयो । कार्य सम्पादन प्रति उपभोक्ताहरु संन्तुष्ट हुनुहुन्छ ? क्रेजी डटकम साप्ताहिका सह–सम्पादक ईस्वर दुलालको प्रश्नमा उहाँले भन्नुहुन्छ, समग्रमा सबै उपभोक्ताहरु खुशी हुनुहुनछ । तर सबै एकै नासका हुन्नन्, राम्रो गर्दा गर्दै नराम्रोनै देख्नेको अगाडि कस्को के लाग्छ र । शान्ती सामुदायिक वन भित्र भूल्के सिमसार पनि रहेकोे छ । जहाँ बालबालिका रमाउने विभिन्न खेलकुदका सामाग्रीहरु, कोलम्बर्स, रेल, मोटु पात्लु, सुन्दर तस्विरहरु क्लिक गर्ने स्थलहरु साथै विभिन्न जात जातिको पहिरन समेत लगाएर तस्बिर लिने व्यवस्था रहेको छ । सिमसारमा बोर्टिङ गर्ने, पिकनिक खाने प्रर्यटकहरुको पनि घुइँचो लाग्ने गरेको छ । सो सिमासर उत्तर खण्डमा जालपा देवीको मन्दिर पनि रहेको छ । मन्दिरमा आफुले मागेको कुरा प्राप्त हुने भक्तजनहरुको विश्वास रहेको छ । समग्र रुपमा हेर्दा श्री शान्ती सामुदायिक वन वन मात्र नभएर प्राकृतिक एवम् धार्मिक तथा पर्याप्रवद्र्धनमा अब्बल रहेको बुझ्न सकिन्छ । विश्वभर वन क्षेत्र मासिँदै गएको अवस्थामा नेपालले वनको संरक्षण संवर्द्धन र विस्तारमा पाएको सफलता सबैका लागि अनुकरणीय छ ।

सामुदायिक वनले समुदायलाई एकीकृत मात्र हैन, उनीहरूमा सामूहिक भावना पनि विकास गरायो । सामुदायिक वनले वनमा सहभागी उपभोक्ताहरूलाई प्रजातान्त्रिक प्रक्रियामा आवद्धगराई वनको संरक्षण, विकास र व्यवस्थापनका लागि आवश्यक निर्णय प्रक्रियाको सहभागी हुने अवसर त प्रदान गरेको छ नै, आफ्नो क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक विकासका भौतिक पूर्वाधार र वातावरणीय पुँजी निर्माण गर्न उपभोक्ताहरूलाई स्वतःस्फूर्त सहभागी पनि बनाउँदै आइरहेको छ । यसले पनि शान्तिले प्रगतिको फड्को मारिरहेको भान हुन्छ ।

नाङ्गा डाँडा पाखाहरूमा विरुवा रोप्दै हरियाली बनाउने तथा घाँस दाउरा जस्ता दैनिक आवश्यकता पूर्ति गर्ने उद्देश्य सहित सञ्चालित सामुदायिक वनले हाल आएर पर्यटन प्रवद्र्धन, गरिबी निवारण, महिला जागरण. पिछडिएका समुदायलाई विभिन्न सीपमूलक तालिममा अग्रसर गराई आयआर्जनमा सक्षम बनाउने जस्ता कामहरू गरिरहेको छ । सामुदायिक वन मार्फत् देशका विभिन्न ठाउँमा विद्यालय स्थापना, छात्रवृत्तिको व्यवस्था एवं व्यक्तित्व विकास, बाटोघाटोको निर्माण जस्ता कार्यहरू भइरहेका छन् । जैविक विविधताको संरक्षण, जल सम्पदाको संरक्षण, खनिज, इन्धनको स्रोतको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । स्थानीय जनताहरूको सक्रिय सहभागिताका कारण नेपाल वातावरणीय सन्तुलनमा अब्बल त भएको छ नै, स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याउने हैसियतमा उक्लिसकेको छ ।

सम्बन्धित खवर