शान्तिपथको सातौं वार्षिक साधारणसभा - Crazysaptahik.com

शान्तिपथको सातौं वार्षिक साधारणसभा

क्रजी संवाददाता
पथरी । शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा–२०८२ भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार पथरी शनिश्चरे वडा नं. ७ को जनप्रिय टोलमा सम्पर्क कार्यालय रहेको शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको वार्षिक साधारण सम्पन्न भएको हो । वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कार्यप्रगति विवरण, आर्थिक प्रतिवेदन, भावी कार्ययोजना, लेखा परीक्षण र वार्षिक प्रतिवेदन र संस्थाका अग्रजहरुलाई सम्मान पनि गरिएको थियो ।
समूहको अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा भएको सो साधारणसभामा सल्लाहकारहरु, प्रहरी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो । शान्तिपथ सिंचाइ समहूमा वडा नं. ९, ७ र ४ का १ सय ४४ जना उपभोक्ताहरु रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.