
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
आज वडा नं. २ मा स्थापित शान्ति टोल विकास समितिले ६७ हजार ४० रुपैयाँ नगद सहयोग प्रदान गरेको हो । जेन जी आन्दोलनको क्रममा भदौ २४ गते प्रमुख तुम्वापोको घर तोडफोड तथा सामानमा आगजनी भएपछि टोल विकास समितिले सहयोग प्रदान गरेको हो । टोल विकास समितिमा आवद्ध ९२ घर परिवारले आर्थिक संकलन गरी प्रदान गरिएको समितिका अध्यक्ष राजकुमार गेलालले जानकारी गराउनुभयो ।
नगर प्रमुख तुम्वापोको घरमा तोडफोड र आगजनीका कारण खाद्यान्न, ओढ्ने ओछ्याउने फर्निचरका समान पुरै जलेको थियो । तुम्वाोको सम्पूर्ण सामान र शौचालय समेत तोडफोड भएपछि हाल छिमेकीको घरमा तुम्वापोको परिवार बस्दै आउनुभएको छ ।

