उपप्रमुख काफ्लेको नेतृत्वमा अस्पताल निरिक्षण नगरमा देखापर्यो स्क्रब टाइफस - Crazysaptahik.com

उपप्रमुख काफ्लेको नेतृत्वमा अस्पताल निरिक्षण नगरमा देखापर्यो स्क्रब टाइफस


क्रेजी संवाददाता
पथरी।
पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देवीमायाँ काफ्लेले मोरङ अस्पताल प्रालिमा निरिक्षण एवम् बिरामी भेटघाट गर्नु भएको छ । केहि समय अघि विज्ञ सहितको टोलीले अनुगम गरेको अस्पतालमा निर्देशन दिए अनुरुपको कार्यहरु भएको छ या छैन तथा बिरामीहरुले आवश्यक सेवा सुविधा प्राप्त गरेका छन् या छैनन् भन्ने उदेश्यले शुक्रबार अस्पतालको निरिक्षण गर्नु भएको हो ।

निरिक्षणको क्रममा डा. उमेश गुरागाईँले नगरक्षेत्रमा पहिलो पटक एक ब्यात्तीमा स्क्रब टाइफस नामक रोग देखा परेको बताउनु भएको छ । सो रोग किर्नाको टोकाईबाट हुने गर्दछ । बिशेष गरि यो रोग साउनदेखि असोजसम्म देखिने गर्छ ।

यो रोग लागेमा तत्कालै चिकस्ककोमा गई सल्लाह अनुसार उपचारमा लाग्नु पर्दछ । यसलाई सामान्य सोचि हेलचेक्राई गरे मानिसको ज्यानै जान सक्ने डा. गुरागाईँले जानकारी दिनु भयो ।

२००४ सालमा काठमाडौंमा गरिएकोे एक अध्ययनअनुसार केही मानिसमा स्क्रब टाइफस पुष्टि भएको पाइएको थियो । तर २००४ देखि २०१५ सम्म आउँदा यसबारे खासै हलचल भएन । २०१५ पछि भने धरानका केही बालबालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भयो ।

त्यसपछि भने लगातार स्क्रब टाइफसका बिरामीहरु र मृत्यु हुनेहरु संख्या बढि रहेको छ ।.

के हो स्क्रब टाइफस ?
डा. उमेश गुरागाईँ अनुसार स्क्रब टाइफस किटजन्य रोग हो । चिगर माइन्ट नामका मुसामा बढी पाइने किर्नाले टोक्यो भने यो रोग लाग्छ ।

डा. गुरागाईँ भन्नुहुन्छ, “किर्नाले खासगरी काखी, ढाड, पाखुरा, खुट्टा तथा छातिमा टोक्ने गर्छ । किर्नाले टोकेको ठाउँमा चिलाउने र कन्याउँदै जादामा कालो पाप्रो (स्कार) बस्ने गर्छ । त्यो स्कार बसेको हप्ता दिनमा बिरामी अस्पताल आयो भने हेर्दा नै प्रस्टरुपमा स्क्रब टाइफस हो भनेर पहिचान गर्न सकिन्छ ।”

लक्षण
डा. गुरागाईँका अनुसार स्क्रब टाइफस हुँदा देखिने मुख्य लक्षणहरु भनेको अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने, कानमा आवाज आएको जस्तो हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने, छालामा स–सना बिबिरा आउने र किराले टोकेको ठाउँमा स्कार देखिने हुन् ।

स्क्रब टाइफस पुष्टि भएर औषधि खाएको ४८ घण्टामा नै ज्वरो कम हुन्छ । त्यस्तै एक हप्ताको एन्टिब्योटिक खायो भने पुरै सञ्चो हुने डा. गुरागाईँ ले बताउनु भयो ।

बच्ने उपाय
यो रोगका लागि हालसम्म कुनै पनि खोप बनिसकेको छैन । डा. गुरागाईँले भन्नुभयो, ‘‘त्यसकारण सचेत हुनु नै प्रमुख उपाय हो ।”

घर वरपर रहेका घाँस, झाडी नराखी सरसफाइ गर्ने । दाउरा वा घाँस काट्न जादा लामो लुगा लगाएर जाने । फुलहरु लगाइएको ठाउँमा पनि किरा हुन सक्ने भएकाले सफा राख्ने, छतमा तरकारी लगाउने र मुसाबाट विशेष सावधानी अपनाउनुपर्ने डा. गुरागाईँले बताउनु भयो ।

सम्बन्धित खवर