छैटौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २८ गतेदेखि - Crazysaptahik.com

छैटौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २८ गतेदेखि

क्रेजी साप्ताहिक
बेलबारी । छैटौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८० फुटबल प्रतियोगिता असोज २८ गतेदेखि हुने भएको छ ।
डाँगीहाट युथ क्लबको आयोजनामा लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा असोज २८ देखि कात्तिक ४ गतेसम्म गोल्डकप हुने भएको हो ।
नगरपालिकाको गौरवको रुपमा जिल्लामै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हुने आयोजक डाँगीहाट फुटबल क्लबले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

छैटौं संस्करणमा विजेता हुने टिमले नगद रु. ८ लाख सहित ट्रफी र प्रमाण–पत्र, उप–विजेता हुने टिमले नगद ५ लाख सहित ट्रफी साथै प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच,सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने आयोजकका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि अनुमानित रु. ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजक र सह–प्रायोजकमा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियर लगायत स्थानीय संघ संस्था, सामुदायिक वन, विद्यालयहरु र देश तथा विदेशमा रहेका यस क्षेत्रका दाताहरू रहने आयोजकले उल्लेख गरेको छ । प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडांै, विग्रेड ब्वाईज क्लव काठमाडांै, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु वस्नेतले उल्लेख गर्नुभयो । पाँचौ संस्करणको विजेता एपीएफ बनेको थियो भने उप–विजेता रारा क्लब धनकुटा बनेको थियो ।

सम्बन्धित खवर