युवा संघ बिराटनगरले सक्यो १२ नं. वडाको अधिवेशन - Crazysaptahik.com

युवा संघ बिराटनगरले सक्यो १२ नं. वडाको अधिवेशन


क्रेजी संवाददाता
मोरङ।
राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगरपालिका १२ नम्बर वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट अनिल कुमार मोची (साकाल) को नेतृत्वमा २१ सदस्यीय कमिटी निर्वाचित भएको हो ।

शनिबार नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यलयमा भएको अधिवेशनबाट अध्यक्ष अनिल कुमार मोची (साकाल), उपाध्यक्ष राजन कामत (भोला),सचिव दिनेश राजवंशी, सह–सचिव शसिशेखर भण्डारी, सह–सचिव भुपाल राजवंशी, कोषाध्यक्ष सुनिता राउत र्निवाचित भएका हुन ।

कार्यक्रममा प्रमुख अतिथी पर्शुराम बस्नेत, विशिष्ट अतिथि रमेश पोख्रेल, युवासंघ केन्द्रीय सदस्य मनोज राई, जिल्ला अध्यक्ष प्रविन घिमिरे, उपाध्यक्ष मझहर आलम, सहसचिव रेशम मगर, महानगर अध्यक्षः– निरञ्जन ढुंगाना, कोषाध्यक्ष प्रमिला राजवंशी, युवा संघ जिल्ला सदस्य मनोज दाहाल, नितेश बस्नेत, रमन श्रेष्ठ, नेकपा एमाले बिराटनगर वडा नं १२ कमिटि अध्यक्ष भनुभक्त पाठक लगायत अतिथिहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा अतिथिहरुले निवार्चित कमिटीलाई बधाई तथा शुभकामना व्यात गरेका थिए । भने, निर्वाचित कमिटीलाई संघका महानगर कमिटी अध्यक्ष निरञ्जन ढुंगानाले सपथ ग्रहण गराएका थिए ।

सम्बन्धित खवर