पथरी शनिश्चरे  ८ को ‘वडादेखि ढोकासम्म’ कार्यक्रम सार्वजानिक - Crazysaptahik.com

पथरी शनिश्चरे  ८ को ‘वडादेखि ढोकासम्म’ कार्यक्रम सार्वजानिक

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडादेखि ढोकासम्म’ कार्यक्रम होम डेलिभरी सेवा सार्वजानिक गरेको छ ।
आज वडा अध्यक्ष नविन कार्कीले फेसबुक मार्फत् भिडियो सहितको जानकारी सार्वजानिक गर्नुभएको हो । वडाको फेसबुक र वडाध्यक्षको नविन जंग कार्की फेसबुक मार्फत् एकसाथ सो कार्यक्रम सार्वजानिक गरिएको हो ।
सम्भवतः नेपालकै यो कार्यक्रम पहिलो पटक हुनसक्ने आँकलन गरिएको छ । वडाबाट हुने जन्मदर्ता, मृत्युदर्ता, जन्मप्रमाणित, मृत्यु प्रमाणित, अस्थायी/ स्थायी बसोबास प्रमाणित, बिपन्न नागरिक सिफारिस, ६८ बर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दिर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपांगता भएका ब्यक्तिहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित, ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित लगायत सेवाहरु होम डेलिभरि हुनेछ ।
यी सेवाहरु होम डेलिभरी सेवा मार्फत् लिनका लागि आवश्यक कागजातहरु स्कानिङ गरेर बुझिनेगरी ९८४२०३४९१५ नम्बरको ह्वाटसपमा र वडाअध्यक्षको नविन जंड कार्की फेसबुकमा म्यासेज वा psmunward8@gmail.com मा इमेल गरेर पठाउनुपर्नेछ । यी कागजहरु प्राप्त भएको २४ घण्टाभित्रमा जनप्रतिनिधि वा वडाका कर्मचारीहरु मार्फत सेवाग्राहीको घरमै कागजपत्र पुग्ने जनाइएको छ ।

सम्बन्धित खवर