कानेपोखरी गाउँपालिकाद्वारा आवासविहिन परिवारलाई घर हस्तान्तण - Crazysaptahik.com

कानेपोखरी गाउँपालिकाद्वारा आवासविहिन परिवारलाई घर हस्तान्तण

क्रेजी संवाददाता
कानेपोखरी । कानेपोखरी गाउँपालिकाले संविधान दिवस २०८१ को अवसरमा आवासविहिन परिवारलाई घर हस्तान्तरण एवं दिप प्रज्वलन गरी संविधान दिवस धुमधामका साथ मनाएको छ ।
विहिबार गाउँपालिकाले वडा नं. २ मा २० परिवारलाई घर हस्तान्तरण कार्यक्रम, दिप प्रज्वलन, सांगीतिक कार्यक्रम साथै विशिष्ट व्यक्तिहरुलाई सम्मान गरी संविधान दिवस मनाएको हो ।


कार्यक्रमको उद्घाटन मोरङ क्षेत्र नं. २ का सांसद एवं सार्वजानिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेलले पानसमा बत्ती बाली ब्यानर पढेर गर्नुभएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं. २ का अध्यक्ष एवं प्रवक्ता सुशिल बुढाथोकीले स्वागत मन्तव्य राख्नुहुँदै गाउँपालिकाले गरेका कार्य र भावी दिनमा गरिने कार्यहरुको बारेमा प्रष्ट्याउनुभएको थियो ।

गाउँपालिका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधि छत्रबहादुर निरौला, माओवादीका प्रतिनिधि भोजराज माझीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा गाउँपालिकाको विभिन्न वडामा योगदान पु¥याउनुहुने अग्रज व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा छत्रबहादुर भण्डारी, सुर्यबहादुर धिमाल, वीरबहादुर भट्टराई, पूर्ण बहादुर अधिकारी, राजकुमार राई लगायत रहनुभएको छ । सो कार्यक्रममा विशेष गरेर ‘कोशी पूर्व कोशी पश्चिम घर‘’ र संगिनी नृत्यले उपस्थित दर्शकहरुमो मन जित्न सफल भएको थियो । गाउँपालिकाले यो तेस्रो पटक आवासविहिन परिवारलाई घर हस्तान्तण गरेको हो ।

सम्बन्धित खवर