क्रेजी संवाददाता
पथरी । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८१ मा संकटा फुटबल क्लब काठमाडौं विजयी भएको छ ।
आज भएको खेलमा संकटाले युनाइटेल खर्साङ फुटबल क्लब (युकेएफसी) दार्जिलिङलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
संकटाका कृपा चौधरीले पहिलो हाफको २८ औं मिनेटमा पोष्टमा प्रहार गरेको बल युकेएफसीका गोल रक्षक रूपक कोयाले नियन्त्रण प्रयास गरेका थिए । रिवाउण्ड भएको सो बललाई केही मिस्टेक नगरीकन कृपाले गोल गर्न सफल भए । यस्तै खेलको अतिरिक्त समयमा संकटाकै युवराज ढकालले अर्को गोल थप्दै टोलीलाई अन्तिम चारमा समेट्न सफल भए ।
निक्कै रोमान्चक भएको खेलको अन्त्यतिर युकेएफसीले २ वटा राम्रो गोल गर्ने अवसर गुमाएको थियो भने संकटाले पनि २ वटा निक्कै राम्रो अवसरलाई सदुपयोग गर्न सकेन ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका उत्कृष्ट खेल पस्केका पुष्कर खड्का घोषित भए । खड्कालाई आजका प्रमुख अतिथि वडा नं. १ का वडाध्यक्ष भीम कुमार राईले नगद रु. ५ हजार पुरस्कार साथै ट्रफी प्रदान गरे । पथरी ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको भोलिको खेल काठमाडांैको बिग्रेड ब्वाइज र सिराहाको सहलेस फुटबल क्लब बिच प्रतिस्पर्धा हुने संयोजक जितन राईले जानकारी दिए ।