पथरी शनिश्चरेमा डिप्लोमा कोचिङ कोर्ष सञ्चालन - Crazysaptahik.com

पथरी शनिश्चरेमा डिप्लोमा कोचिङ कोर्ष सञ्चालन

क्रेजी संवाददाता
पथरी । एन्फा/ ए.सी.एफ.सी.सी. लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष २०२५ पथरी शनिश्चरेमा सञ्चालन भइरहेको छ ।
भदौ ११ गते एन्फा÷एसीएफसीसी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष २०२५ को नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको थियो ।
हाल पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित प्रस्तावित रंगशालामा कोचिङ कोर्षको प्रशिक्षण सञ्चालन भइरहेको छ । प्रशिक्षक उत्पादन गर्ने मुख्य उद्देश्य सहित जारी तालिममा झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, तेह्रथुम, सिरहा, कैलाली, रौतहट लगायत विभिन्न जिल्लाका सहभागीहरूले प्रशिक्षण लिइरहेका छन् ।
सशस्त्र प्रहरी बल (एपीएफ) का प्रतिनिधिहरू समेत सहभागी भएको यस तालिममा हरेक दिन बिहान र बेलुका सैद्धान्तिक तथा व्यवहारिक कक्षा भइरहेको छ। एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काले प्रशिक्षण दिइरहनुभएको छ । मोरङ जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको उक्त तालिममा एशियाली फुटबल महासंघ (एएफसी) प्राविधिक सहयोगी रहेको छ भने पथरी शनिश्चरे नगरपालिकाको प्रायोजन रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.