क्रेजी साप्ताहिक
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक आयोजना गरेको सिङ्गिङ आइडलको फिनाले सम्पन्न भएको छ ।
जसमा स्वरुप खतिवडा सुन्दरहरैंचा सिङ्गिङ आइडलका विजेता घोषित भएका छन् ।
जेसिज भवनमा आयोजना भएको सो सिङ्गिङ आइडलको फाइनल राउन्डमा स्वरुप खतिवडा प्रथम भएर सुन्दरहरैचा आइडल घोषित हुन सफल भएका छन ।
यस्तैगरी विभिन्न चरण पार गर्दै भव्य रुपमा भएको सिङ्गीङ आइडलको फाइनल राउन्डमा समिक्षा घिमिरे दोस्रो , आयुष विष्ट तेस्रो तथा रोनिका राई सन्तना हुन सफल भएका छन ।
आधुनिक साउन्ड र लाइट सिस्टमका साथ लाइभ वाद्यवादनमा गायन प्रतिस्पर्धा गराई ट्रफी र प्रमाणपत्र सहित विजेतालाई क्रमशः रु. २५ हजार उप विजेतलाई रु. १५ हजार र उपविजेतालाई रु. १० हजार पुरस्कार वितरण गरिएको साथै उत्कृष्ट हुनेहरुले अन्य अवसर समेत प्राप्त गर्ने कार्यक्रमका प्रविधिक सहयोगी जेवि थुलुङले जानकारी दिए ।
समाजका लागि कला , कलाका लागि समाज भन्ने नाराका साथमा भएको सिङ्गीङ आइडलको निर्णायकको रुपमा स्थानीय र बाह्य संगीतकर्मीहरुको सहयोग समेत लिइएकोले फाइनल राउन्डमा वरिष्ठ लोक गायक बालकृष्ण कार्की , संगीतकार तथा गीतकार भीम वस्नेत, संगीत प्रशिक्षक गणेश रिजाल लगायत निर्णायक रहेका थिए ।
गायनकलामा उभार ल्याएर गायन क्षमता भएका स्थानीय प्रतिभाहरुलाई सम्मान जनक मञ्च प्रदान गरि क्षमता भई आर्थिक लगायतका कठिनाइका कारण बाहिर आउन नसकेका प्रतिभाहरुलाई सार्वजनिक गर्न सघाउ पुयाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष आन्नद बस्नेतले जानकारी दिए ।
सुन्दरहरैंचा सिङ्गिङ आइडलको लागि जम्मा १ सय ८५ जाना प्रतिष्पर्दीहरुले भाग लिएका थिए । जसमा जुपिटर स्कुलबाट ८५ जानाले भाग लिएकोमा ५१ जाना छनोट, सिद्वार्थ स्कुलबाट १ सय जानाले भाग लिएकोमा ४७ जना छनोट भएका थिए ।