क्रेजी साप्ताहिक
पथरी । भरतपुर जिल्ला कारागारमा रहेका कैदीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राईको कारागारमै मृत्यु भएको कारागार कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा विसं २०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो । अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो । उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उनको मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।