सेवा सहज उपलब्ध नभएको ज्येष्ठहरुको गुनासो - Crazysaptahik.com

सेवा सहज उपलब्ध नभएको ज्येष्ठहरुको गुनासो


क्रेजी साप्ताहिक
मोरङको पथरी शनिश्चरे नगरका ज्येष्ठ नागरिकहरुले सरकारले प्रदान गरेको यातायातमा छुट सहितका सुविधा सहज उपलब्ध नभएकोप्रति गुनासो गरेका छन् ।नगरपालिका कार्यालयको सहयोगमा ज्येष्ठ नागरिक समन्वय समाज नगर समितिले अन्तरराष्ट्यि ज्येष्ठ नागरिक दिवशका अवसरमा आज आयोजना गरेको कार्यक्रमका सहभागि ज्येष्ठ अगुवाहरुले त्यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु आजको आवश्यकता भएको चर्चा गर्दै ज्येष्ठका अधिकारलाई व्यवहारमा सहजरुपमा कसरी उर्तान सकिन्छ भन्ने कुरामा नगरपालिका कार्यालय लागि पर्ने वताए । ज्येष्ठ नागरिक समन्वय एकता केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, १ नम्वर प्रदेश सचिव कृष्णप्रसाद घिमिरे, समन्वय समाजका नगर अध्यक्ष नेत्रप्रसाद दहाल, उपाध्यक्ष इन्दिरा कार्की, सचिव रमेशप्रसाद दहाल सहितले ज्येष्ठका सेवा सुविधा सहज उपलब्ध नभएकोप्रति गुनासो गरे ।

‘उमेरका कारण विभेद अन्त्यको यात्रा’ नारा दिइएको कार्यक्रममा ज्येष्ठका लागि यातायातको भाडामा ५० प्रतिशत छुटको अधिकार रहेकोमा बसहरुले छुट नदिने गरेको समस्या दर्शाए। बैंकहरुमा दिनभरी लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिन समेत ज्येष्ठका लागि सकस भएको पनि जनाए । साथै उनिहरुले यस आर्थिक वर्षको प्रथम चौमासिक भत्ता नगरपालिकाले बैंकहरुमा पठाइसकेपनि दशैं आइसक्दा बैंकहरुले प्रदान गर्न ढिलो गरेको गुनासो थियो । वडा वडामा रहेका वित्तिय संस्थाहरुबाट भत्ता लिन मिल्ने प्रावधान हुनुपर्ने माग अघि सारे । आफ्ना सन्तानको आम्दामीको १० प्रतिशत रकम आमाबुबाको लागि छुट्याउने कानूनी प्रावधान बन्नु पर्नेमा पनि उनिहरुले जोड दिए ।

कार्यक्रममा, नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले ज्येष्ठका अधिकारलाई व्यवहारमा कार्यान्वयमा जोड दिए । साथै कमल दहालले ज्येष्ठ अवस्थामा पुग्दाको पीडा बारे गीत प्रस्तुत गरेर वातावरण भावुक बनाए । पथरी चोकबाट नारा लगाउँदै र्याली सहित ज्येष्ठहरु कार्यक्रममा सहभागि भएका थिए ।

सम्बन्धित खवर