क्रेजी साप्ताहिक
पथरी । बाराको फेटा गाउँपालिकामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो । बुधबार राति ८ बजेतिर एकै ठाउँमा पाँचजनाको शव भेटिएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली घटनास्थल गएको छ ।
स्थानीय जोगा मुखियाको निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा शव भेटिएको प्रहरीले जनाएको छ । घरमुली जोगा मुखिया पनि मृत भेटिएका छन्। मृतकहरुका जोगा र उनका भाइका परिवारका सदस्य छन्। दुवै दाजुभाइका छोराछोरी पनि मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । सेप्टिक ट्यांकीमा शव भेटिएको हुनाले उनीहरुले निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर अनुसन्धान भइरहेकाले घटना भवितव्य या हत्या भन्ने खुलिनसकेको प्रहरीको भनाइ छ। यो घरमा प्रहरी पुग्दा जोगा मुखियाकी वृद्धा आमा मात्रै भेटिएकी छन्।