सभामुख महरा काण्ड ः पत्रकारलाई सुरक्षा थ्रेट बढेपछि प्रेस युनियन सुनसरीले निकाल्यो विज्ञप्ती - Crazysaptahik.com

सभामुख महरा काण्ड ः पत्रकारलाई सुरक्षा थ्रेट बढेपछि प्रेस युनियन सुनसरीले निकाल्यो विज्ञप्ती


प्रेमप्रसाद भट्राई (के.डीं)
पथरी । सभामुख कृष्णबहादुर महरा काण्डको समाचार वाहिर ल्याउने पत्रकार अजयवावु शिवाकोटीलाई सुरक्षा थ्रेट वढेपछि नेपाल प्रेस युनियन सुनसरीले विज्ञप्ति निकालेको छ ।

सभामुख महरामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन । सो समाचार वाहिर ल्याएपछि नेपाल प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार शिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको विज्ञप्तिमा वताइएको छ । युनियनका सुनसरी सभापति धनबहादुर पुरीले विज्ञप्ति मार्फत समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि आक्रमणको प्रयास गरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । ‘हाम्रा कुरा डटकम’ का प्रधानसम्पादक समेत रहेका पशकार शिवाकोटीले एक अन्तवार्ताका क्रममा आफुमाथि आक्रमणका योजना का साथै नम्वर नखुलेका नंवरहरुवाट धम्कीका साथ फोनहरु आउने गरेको वताएका छन् । समाचार वाहिर ल्याउनु अघि नै सभामुख महराले विभिन्न व्यत्तिहरुलाई फोन गर्न लगाउदै समाचार रोक्न दवाव दिएको समेत उनले बताएका छन् ।

सम्बन्धित खवर