महोत्तरीमा युवतीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका - Crazysaptahik.com

महोत्तरीमा युवतीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

क्रेजी साप्ताहिक
पथरी । महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव नदी किनारमा फेला परेको छ । गौशाला नगरपालिका १० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार विहानै शव फेला हो ।

मृतक गौशाला नगरपालिका १० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको हुन सक्ने बताए । बलात्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।‘मेडिकल रिपोर्ट आएपछि बलात्कार भएको हो, होइन भन्ने थाहा लाग्छ,’ उनले भने, ‘घट्नाको बाँकी अनुसन्धान शुरु गरेका छौं ।’

सम्बन्धित खवर