यस वर्ष भाइरल भएका पत्रकारहरु, जसका कारण सामाजिक सञ्जाल भरिए - Crazysaptahik.com

यस वर्ष भाइरल भएका पत्रकारहरु, जसका कारण सामाजिक सञ्जाल भरिए

प्रेमप्रसाद भट्राई (के.डी) 

अहिले सामाजिक सञ्जाल वेला वेला तातिरहन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रकरणमा विभिन्न व्यत्तिहरुलाई रातारात सेलीव्रेटी बनाइरहेका छन् । यसरी चर्चामा ल्याउन सवैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल मध्ये फेसवुक र युट्युव अगाडी रहेका छन् । यी नै सञ्जाल प्रयोगकर्ताहरुले यस वर्ष केही पत्रकारहरुलाई पनि रातारात चर्चामा ल्याइदिएको छ । को को छन् त त्यसरी चर्चीत हुनेमा ? पढ्नुस यो रिपोर्ट ः

किशोर श्रेष्ठ ः ‘जनआस्था’ साप्ताहिक का सम्पादक तथा प्रेश काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ यो वर्ष अत्यधिक चर्चामा आए । श्रीषा कार्कि मृत्युप्रकरणलाई जोड्दै ‘सिधाकुरा जनतासँग’ ले पुरानो घट्ना उठाएपछि विवादमा आउन थालेका उनि पत्रकार शालिकराम पुडाशैनि मृत्युप्रकरणमा समेत जोडिएर थप विवादमा आएपछि सामाजिक सञ्जामा उनी भाइरल भएका थिए ।

रवि लामिछाने ः न्युज २४ टेलिभिजनबाट प्रशारित ‘कार्यक्रम सिधा कुरा जनतासँग’का कार्यक्रम प्रश्तोता रवि लामिछाने सामाजिक सञ्जालमा प्रशस्त रुचाइने पत्रकार मध्ये पहिलो नंवरमा पर्दछन् । उनी अधिकाँश देश तथा विदेशमा रहेका नेपालीहरुले रुचाइएका पत्रकारमा पर्दछन । तर पनि उनी वेला–वेला विवादमा समेत आउने गरेका छन् । यस वर्ष उनि उनकै कार्यक्रम सिधाकुरा जनतासँगका रिपोर्टर शालिकराम मृत्यु प्रकरणमा जोडिएर विवादमा आए । पुडासैनिले आफ्नो मोवाइलमा उनको कारण मृत्युवरण गर्नुपरेको भिडियो सन्देश भेटिएको थियो । सो पछि उनि थप चर्चा र विवादमा आए ।

खेम भण्डारी ः  ‘मानसखण्ड दैनिक’ का प्रधासम्पाकद समेत रहेका कञ्चनपुरका पत्रकार खेम भण्डारी पनि यो वर्ष भाइरल भए । निर्मला पन्त प्रकरणमा जोडिएर उनि भाइरल भएका हुन् । सामाजिक सञ्जालमा भाइरल हुनुमा पनि कार्यक्रम सिधाकुरा जनतासँग र रवि लामिछानेको थप सहयोग भन्दा फरक नपर्ला ।

दिलनिशानी मगरः दिल निशानी मगर यस वर्ष मात्र नभएर बेला बेला विभिन्न समयमा भाइरल भइरहने पत्रकार हुन् । उनि भाइरल हुन उनकै स्ट्याटसले भुमिका खेल्ने गरेको पाइन्छ । विभिन्न प्रकरणमा छिटो प्रतिक्रिया दिने उनि सामाजिक सञ्जालमा अत्यधिक विवादमा पनि पर्ने गरेका छन् ।

विराट अनुपम ः इटहरीका पत्रकार विराट अनुपम पनि यो वर्ष रातारात भाइरल भए । उनी भाइरल हुनुको एउटै कारण हो उनको नाकको मुल्य एक करोड तोकिनु । इटहरीका मेयर द्धारीकलाल चौधरीले उनको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको बताएपछि उनि पनि रातारात भाइरल भएका हुन् ।

अजयबाबु शिवाकोटी ः सामाजिक सञ्जालमा यसै वर्ष भाइरल भएका पत्रकारको अर्को नाम हो अजयबाबु शिवाकोटी । उनको चर्चाको क्रम अझै सकिएको छैन । नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले सभामुख महरा प्रकरणको समाचार वाहिर ल्याएपछि उनी पनि रातारात भाइरल भएका हुन् । उनको तस्विरहरु अहिले पनि सामाजिक सञ्जालमा भाइरल छन् ।

सम्बन्धित खवर