करेन्ट लागेर एक जनाको मृत्यु - Crazysaptahik.com

करेन्ट लागेर एक जनाको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । करेन्ट लागेर झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा आज एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईं दम्पति घाइते भएका थिए । घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पम्फादेवीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर