प्रहरी निरीक्षकमाथि नै चोरीका आरोप - Crazysaptahik.com

प्रहरी निरीक्षकमाथि नै चोरीका आरोप

क्रेजी साप्ताहिक
पथरी । धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी ढल्केबरका प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । स्काभेटरको पार्टपुर्जा चोरीको आरोपमा प्रहरी निरीक्षक अवधकिशोर ओझा मुछिएका हुन् । जङ्गलको जग्गामा पोखरी खनेर क्षति पु¥याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाभित्र स्थानबाट स्काभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो । केही दिनपछि स्काभेटर धनी जनुलाल महतो इलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा स्काभेटरको पार्टपुर्जा नै निकालिएको पाएका थिए ।

बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले रु छ लाख मूल्य बराबरको पार्टपुर्जा बिक्री गरेको दाबी गर्दै स्काभेटर धनी महतोले प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको छ ।घटनाको छानबिनका लागि प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले बिहीबार घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको बताइएको छ । पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उहाँलाई विभागीय कारवाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारवाही हुने प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै दोषी देखिए कारवाही गर्न कुनै कन्जुस्याइँ नगरीने समेत उनले बताए ।

सम्बन्धित खवर