‘किसान’ र ‘त्रिवेणी’ तेल गुणस्तरहीन - Crazysaptahik.com

‘किसान’ र ‘त्रिवेणी’ तेल गुणस्तरहीन


क्रेजी साप्ताहिक
पथरी । ‘किसान’ र ‘त्रिवेणी’ नामका तोरीको तेल गुणस्तरहीन भएको पाइएको छ । तेलमा अखाद्य रंग मिसाएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुवै नामका ८ हजार लिटर तेल जफत गरेको छ ।

विभागकी महानिर्देशक मतिना जोशीका अनुसार विभागले गरेको तेल नमूना परिक्षणमा पी डिमेथिय लामिनो अजाबेन्जन नामक रङ भेटिएको पाईएको छ ।  विभागमा लिखित उजुरी नै परेपछि ललितिपुरको सुनाकोठीमा रहेको ओम आयल मिल तथा चितवनको खैरहरीनमा रहेको ओमकार आयल इण्डष्ट्रिजमा छापा मारेर विभागले कारखानामा उत्पादित तथा स्टक तेल जफत गरेको महानिर्देशक वैद्यले बताइन् । यसरी जफत गरिएको तेल ८ हजार २ सय ५० लिटर छ ।

गुणस्तरहीन तेल जफत गरेको विभागले दुवै उद्योगमा सिलबन्दीसमेत गरेको छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजनले गुणस्तरहीन तेलबारे अनुसन्धान पूरा गरेर जिल्ला अदालत, ललितपुरमा मुद्दा चलाउने तयारी भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.