आफ्नै बाबुको हत्या गर्ने युवक पक्राउ - Crazysaptahik.com

आफ्नै बाबुको हत्या गर्ने युवक पक्राउ


क्रेजी साप्ताहिक
पथरी । आफ्नै बाबुको हत्या गरेको अभियोगमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङ पक्राउ परेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए ।

सम्बन्धित खवर