क्रेजी साप्ताहिक
पथरी । गोरू काटेको आरोपमा इटहरीमा नगर प्रहरी सहित ४ जना पक्राउ परेका छन् । हिन्दु राष्ट्र स्थापनाकोलागि पटक पटक सडक आन्दोन चर्काएर केन्द्र सम्म तहलका मच्चाएको सुनसरीको इटहरीमै शनिबार बिहान गोरू काटिएको थियो ।
हिन्दु धर्मको उर्वरभुमि मानिने इटहरीमै दशैको बेला गोरू काटेर मारेपछि बिवाद बढेको छ । हिन्दु धर्मावलम्बिका गुरू श्री निवासाचार्यले इटहरीमा गोरू काटिएको बिषयमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन । गोरू काटने जो कोहिलाइ कडा भन्दा कडा कार्वा्हिको माग उनले गरेका छन । यता इलाका प्रहरी कार्यालय इटहरीले गोरू काटेको आरोपमा इटहरी उपमहानगरका नगरप्रहरी राजकुमार तामाङ सहित ४ जनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा एक महिला र तिन पुरूष रहेको भनिएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
गोप्य शुचना अनुसार गोरू काटिएको अभियोगमा समातिएका चार मध्ये नगरप्रहरी तामाङलाइ छुटाउन कसरत सुरू भएको बुझिएको छ । यता यस बिषयमा इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क गर्दा प्रहरीले कुनै शुचना दिन मानेको छैन ।