सचिव राईले हरियाली वन अवलोकन गरे - Crazysaptahik.com

सचिव राईले हरियाली वन अवलोकन गरे

भूमिप्रसाद पाठक
पथरी । यस वर्ष नेपाल अधिराज्यभरिका वनहरुलाई पछि पार्दै प्रथम हुन सफल पथरीशनिश्चरे–२ मा स्थापित हरियाली सामुदायिक वनको अवलोकन गर्ने क्रम बढेको छ ।

शनिबार वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १ का सचिव संजिव कुमार राई अवलोकनका लागि हरियाली सामुदायिक वनमा आएका थिए । राईले हरियालीको वैज्ञानिक वन व्यवस्थापन सी १ र सी २ सेक्टर अवलोकन गरेका थिए । उनका साथमा डिभिजन वन कार्यालयका डेफु विशाल घिमिरेले पनि वन अवलोकन गरे ।

वनको विषयमा अध्यक्ष काबुलबहादुर मगर र लेखा संयोजक केशव प्रसाद दाहालले जानकारी गराएका थिए । विगत वर्षमा गाई चरणमा परिणत यस वनमा वैज्ञानिक वन व्यवस्थापनले हराभरा भएको वनलाई अझ व्यवस्थित गर्ने कुरामा हरियाली लागिपरेको लेखा संयोजक दाहालले बताए ।

निक्कै जिज्ञासाका साथ सचिव राईले वनको विषयमा जानकारी लिएका थिए । यस वर्ष हरियाली सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको हो ।

सम्बन्धित खवर