स्रहानीय कार्यमा वडाध्यक्ष सागर - Crazysaptahik.com

स्रहानीय कार्यमा वडाध्यक्ष सागर

क्रेजी साप्ताहिक
पथरी । अरु भन्दा भिन्न लुक्स, सधैं आफ्नो काममा तल्लीन र आफ्नो ठाउँमा बिग्रिएको कार्यलाई खबरदारी गर्ने बानी छ उनको । उनी हुन् पथरीशनिश्चरे वडा नं. १० का अध्यक्ष सागर राई ।

यस पटक भने उनी तिज, दशैँ, तिहार जस्ता चाड पर्वहरुको अवसरमा छुट्याइएको आफ्नो रकमबाट एक अपाङ्ग बालिकालाई ह्वीलचियर दिएका छन् । पथरीशनिश्चरे–१० बिरेन्द्र टोल की बालिका आइशा राई आफैँ हिडडुल गर्न नसक्ने अवस्थामा छिन् । उनलाई दिशापिशावका लागि समेत अरुको साहाराको खाँचो हुनेगरेको अवस्थामा ह्वीलचियर अध्यक्ष राईले वितरण गरेका छन् । ह्वीलचियर पाएपछि बालिका आइशा एकदमै खुशी भएकी छिन् । परिवारले पनि वडाध्यक्षलाई धन्यवाद ज्ञापन गरे ।

ह्ुवीलचियर वितरणपछि अध्यक्ष राईले अब वडामा बाँकी रहेका सम्पूर्ण फरक क्षमता भएका व्यक्तिहरुलाई आवश्यक सामाग्री प्रदान गर्ने भावी योजना रहेको राईले बताए ।

 

सम्बन्धित खवर