एभरेष्ट आर्ट फ्युजनको घुम्ती साहित्यिक कार्यक्रम - Crazysaptahik.com

एभरेष्ट आर्ट फ्युजनको घुम्ती साहित्यिक कार्यक्रम

भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरी–शानिश्चरे ३ को आइतबारेमा १३ औ मासिक शृङखला अन्तर्गत घुम्ती सृजना चौतारी कार्यक्रम सम्पन्न भएको छ । दिनभरि जेष्ठ नागरिक भवनभित्र गीत, कविता, मुक्तक र गजलमय भइरह्यो ।

सोही कार्यक्रममा विभिन्न स्रष्टाहरुले गीत, कविता, मुक्तक र गजल पस्कनेहरुमा भवानीप्रसाद दुलाल, भूपेन्द« तिम्सिना, गगन लिम्बु, प्रेमकला ढुङ्गाना, छविलाल घिमिरे, गंगा ढुङ्गाना, सुजन सेरेङ चङ्वाङ, र रवीन्द्र भट्टराई, कृष्णप्रसाद अधिकारी, ओमप्रकाश शर्मा ‘अभिन्न’, एलिना दियाली, सीता राई र दीपक दियालो, भुवनेश्वर पोखरेल रहेका थिए ।

सो कार्यक्रममा बेलबारी बहुमुखी क्पाम्पसका प्रमुख खगेन्द्रप्रसाद लुइँटेल दशै, तिहार र छैठ पर्वको शुभकामना ब्यक्त गरेका थिए । सोही कार्यक्रमको अध्यक्षता एमरेष्ट आर्ट प्mयुजनको अध्यक्ष षडानन्द (निश्चल) सुवेदीले गरेका थिए । सोही कार्यक्रमको गरेका थिए । मासिक नियमित रुपमा सृजना चौतारीले यस्तो कार्यक्रम गर्दे आएको छ ।

सम्बन्धित खवर