ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको छ ।
नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।
खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । नेदरल्याण्डका लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वा्धिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।
नेपालका लागि ललित राजवंशीले १ विकेट लिए । जीतका लागि १३४ रनको लक्ष्य पाएको नेपालले अहिले ब्याटिङ गर्दैछ ।
यसअघि नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।