झिलझिलेमा वृहत् कन्सर्ट हुने - Crazysaptahik.com

झिलझिलेमा वृहत् कन्सर्ट हुने


क्रेजी साप्ताहिक
झिलझिले । झापाको शिवसताक्षीमा अवस्थित झिलझिले बजारमा ‘से नो टु ड्रग्स’ भन्ने मूल नाराका साथ वृहत सांगितिक कन्सर्टको आयोजना हुने भएको छ ।

स्थानीय समाजसेवी क्लबको आयोजनामा आगामी ८ कात्तिकमा तिहारको उपलक्ष्य पारेर कन्सर्ट आयोजना हुने भएको हो । शुक्रबारमा झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गरेर लागूऔषध दुव्र्यसन न्यूनिकरण अभियान सञ्चालनका लागि सहयोगार्थ कन्सर्ट आयोजना गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक दिपेन लिम्बुले जानकारी दिए ।

हरेक वर्ष झिलझिलेमा हुँदै आएको कन्सर्टको यो ११ औं संस्करण हो । शिवसताक्षीमा नगरमा आयोजना हुने कन्सर्टले नगरमा रहेका सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको पर्यटन प्रबद्र्धनमा सहयोग गरिने आयोजकले बताएको छ ।

आयोजक समितिका ब्रिजेश गिरीका अनुसार सो कन्सर्टमा नेपालको लोकप्रिय ब्यान्ड कभवेभ, झिलझिलेकै दि लिजार्ड ब्याण्ड र धरानको आउटसाइडर ब्यान्डले प्रस्तुति दिनेछन् ।

सम्बन्धित खवर