- टिका कुलुङ राम राई
आयो फेरि सधा झै शरद ऋतु सितै
नेपालीको यो महान चाड बडा दशै
जुट छन जन मिली स्वागतमा सबै
राजा रैती बाल युवा वृद्ध खुसी हुँदै
कमेरो माटोले लिपपोत गरि गरिकन
सफा चम्किलो सबको घर आगन
सयपत्रीको कोपिला सुगन्धले झन
संकेत गर्दैछ भनि दशैको आगमन
नौ दिन नवरात्रको पुजा भब्य सुरुवात
मंगल् धुनहरु गुन्जन्छन मधुर मिठास
दुर्गाका मन्दिर दुलही सरी खुब सज्दछ
भक्तजन अम्बेभवानीको सरणमा पुग्दछ
न त चर्को घाम न त बर्षाको झरी नै
न त तीखो जाडो न त चैतको हुरी नै
न त हिलो मैलो न त त्यो पतझड नै
न त कालो मेघ न त पर्छ चट्याङ नै
धानका बाला झुले आहा पहेला सुनसरी
झिलीमिली भो अधेरीमा उडेर जुनकीरी
चिचिमेरिको चिचिहट पाखाभरी खेतभरी
मखमली फुल्न थाल्यो यो सोन्द्रयता छरी
चचा हुई गरि लिङ्गे पिङ्ग खुब मच्चाउने
घुमीफेरी दोहोरीकामा नि आकास चुम्ने
उदासको कालो त्यो बादल खुसीले खुल्ने
उहीँ दिन हो दुखिले पनि दुस्ख भुल्ने
दशै आयो खाउला पिउला लाउला भन्दै
केटा केटी औला भाची भाची दिन गन्दै
छायो लौ हर्ष उल्लास सबैको मनमा
देश बिदेशमा बस्ने सम्पुर्ण नेपाली जनमा
मिठा मिठा चिज ती स्वाद सितले खाने
नया लुगा लगाई हाइ सुखले घुम्न जाने
आपसमा शुभकामना सबैमा साटसाट हुने
मान्यजनको पाउ निहुरी साना सबैले छुने
बर्षाबादल अनि कामकाज नहुने खाली
विश्राम लिने यो बेला नहुने हलोकोदाली
बिद्यार्थी,शिक्षक र कर्मचारीको छुट्टी हुने
मिली परिवार संग खुब दशै पर्व मनाउने
कलिला बर्ष पन्द्र बिसका सुन्दर लर्के ठिटा
उस्तै ठिटी नि हसिला श्रृङ्गारीका बाटिका
नारीजन पहिरिकन किम्ती ति राम्रा गहना
बाटा घाटा मेला र बजारमा हुन खुब रमिता
हातको शोभा कोशेली जे छ आमा भर
भाना भान्जी हतार भो जान मामा घर
बर्षमा आफन्त भेटाउने एउटै यहि छ सार
आशिर्वाद थाप्न आफ्न्त भेट्न नमान भार
मान्यजनको हात बाट थापेको टिका
शिरमाथी स्युरेको आशिषको जमरा
पर्बको भेट्घाट र रमाइलोपन
सम्झी रुदो हो बेसरी प्रदेशीको मन
जुवा खेल्ने मदिरा पिउने येस्तो कुरा
ऋणले दुब्छ , नसाले बन्छ ती बेसुरा
आफ्नो गच्छे अनुसार यसमा रमाई
अब पर्बको रुपमा मनाउ दाजु भाई
पश्चिमी सभ्याताले भित्रीन्दैछ बिकृती
जोगाउ आफ्नो धर्म, परमपरा र सस्कृति
किन जन्मे , के हो कर्तब्य नभुलौ कदपि
सोछे राष्ट्र र जनको हुन्छ उन्नती प्रगति
शिर माथी दुबो जमरा,ललाट बीच टिका
आशिष थाप्न फर्कन्छ घर जो छ टाडा
जति बन्छ पकवान अनेक स्वादिष्ट मिठा
यी हुन् महत्व अनि दशैको विशेषता ।
–पथरीशनिश्चरे–१, रत्नचौक, मोरङ