भक्तपुरमा रोकी राखेको बसमा आगलागी - Crazysaptahik.com

भक्तपुरमा रोकी राखेको बसमा आगलागी

भक्तपुर । मध्यपुर थिमि १ लोकन्थलीमा अवस्थित मनोहरा करिडोरमा पार्क गरिराखेको बसमा अचानक आगलागी भएको छ ।

झण्डै एक महिनादेखि मनोहरा करिडोरको ११ मिटर सडक खण्डमा रोकिराखेको बा २ ख ६२३० नम्बरको बसमा सोमबार राति आगलागी भएको हो ।

आगलागीबाट बस पूरै जलेको छ । राति ८ बजे लागेको आगो जुद्ध वारुणयन्त्र भक्तपुरको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर